तिहारको टीकाको दिन कस्तो रहदा मौसम?
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यस वर्षको तिहार अवधिका लागि विशेष मौसम बुलेटिन जारी गरेको छ । जसअनुसार तिहार अवधिमा पश्चिमी वायुको सामान्य प्रभाव रहने र देशका केही पहाडी र हिमाली भू–भागमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जनाएको छ।
शनिबार साँझ ६ बजे जारी बुलेटिनअनुसार तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेपनि पश्चिमी वायुको कारणले देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारण बदली रहने र कतिपय स्थानमा फाटफुट वर्षा हुने देखिएको उल्लेख छ। उच्च हिमाली क्षेत्रमा भने हल्का हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
लक्ष्मी पूजाका दिन कार्तिक ३ गते देशका अधिकांश भूभागमा मौसम सफा रहने भए पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
कार्तिक ४ गते अर्थात् औंसीको दिन पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने र कोशी, गण्डकी तथा कर्णालीका पहाडी क्षेत्रमा फाटफुट वर्षा हुने सम्भावना छ।
गोवर्धन पूजाको दिन कार्तिक ५ गते भने पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहने र कोशी तथा कर्णालीका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागको भनाइ छ।
भाइटीकाको दिन कार्तिक ६ गते कोशी र मधेश प्रदेशलगायत देशका अन्य पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहने र सबै प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ। उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना पनि रहेको बुलेटिनमा उल्लेख छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
बेनीघाट-आरुघाट-लार्के सडक चार दिन बन्द हुने
सुलीकोट । गोरखाको बेनीघाट–आरुघाट–लार्के सडकखण्ड अन्तर्गत धार्चे गाउँपालिका–७ मा पर्ने न्याउनी खोला पुल चार दिनका लागि बन्द हुने भएको...
म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा
म्याग्दी। म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । सात वर्षअघि सरकारले केही...
लागुऔषध ओसारपसारः उनान्सय जनाविरुद्ध पैँसट्ठी मुद्दा दर्ता
काठमाडौँ। नेपाल प्रहरीले यहाँ गत माघ महिनामा लागुऔषध कारोबारका अभियोगमा ९९आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका...
उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत
काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...




