प्रमुख खवर

दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु

नवलपरासी। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको छ । गत साउन २० देखि असोजसम्म जिल्लामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

कार्यालयका प्रयोगशाला प्राविधिक निरीक्षक डिल्लीराम तिवारीले जापानिज इन्सेफलाइटिसबाट जिल्लाको हुप्सेकोट गाउँपालिका–१ की १३ वर्षीया बालिका, बौदिकाली गाउँपालिका–२ की ४५ वर्षीया महिला, मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुष तथा कावासोती–३ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिनुभयो।

मृतकहरू बिरामी भएर उपचारका लागि भरतपुर जाँदा उनीहरूको ढाडको पानी झिकेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको र त्यहाँबाट जापानिज इन्सेफलाइटिस भएको रिपोर्ट आएको उहाँले बताउनुभयो। “संक्रमित बिरामी भएर अस्पतालमा जान्छन्, परीक्षणका लागि नमुना काठमाडौं पठाउनुपर्छ,” उहाँले भन्नुभयो, “नतिजा ढिला गरेर आउँछ, कतिपय अवस्थामा बिरामीको मृत्यु भइसक्छ ।”

जापानिज इन्सेफलाइटिसबाट जिल्लामा हालसम्म जम्मा १४ जना संक्रमित भएका जनाउँदै तिवारीले संक्रमितमध्ये नौ जना पूर्णरूपमा निको भएका, एक जना उपचाररत रहेका तथा चार जनाको मृत्यु भएको तिवारीले जानकारी दिनुभयो। “जापानिज इन्सेफलाइटिस संक्रमित व्यक्तिलाई सिधै मस्तिष्कमा असर गर्ने भएकाले उनीहरूको अवस्था गम्भीर बन्न थाल्छ र उनीहरूको मृत्यु हुने सम्भावना बढी हुन्छ,” उहाँले भन्नुभयो। संक्रमण देखिएकामध्ये कावासोती नगरपालिकाका– ६ जना, मध्यविन्दु नगरपालिकाका चार जना तथा हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका, गैँडाकोट नगरपालिका र देवचुली नगरपालिकाका एकरएकजना रहेका उनले बताउनुभयो।

“जापानिज इन्सेफलाइटिसको संक्रमितमध्ये ९० प्रतिशतमा लक्षण देखिँदैन, लक्षण देखिएका बिरामीको स्वास्थ्यमा गम्भीर समस्या देखिन्छ,” उहाँले भन्नुभयो, “जापानिज इन्सेफलाइटिसबाट मृत्यु भएका व्यक्तिको छिमेकीको नमुना संकलन गर्दा तीन जनामा संक्रमण पुष्टि भए पनि उनीहरूको अवस्था सामान्य छ ।” संक्रमित तीनै जना स्वास्थ्यकर्मीको निगरानीमा घरमै रहेका उहाँले जानकारी दिनुभयो।

तिवारीका अनुसार, जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेका लागि उपयुक्त प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा संक्रमणको जोखिम बढी हुने गरेको छ । जापानिज इन्सेफलाइटिस गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्मको मृत्युसमेत हुन सक्छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...