शिक्षा

जेनजी आन्दोलनमा जल्यो सीटीईभीटीका उत्तरपुस्तिका, पुन: परीक्षाका लागि एक करोड ७५ लाख लाग्ने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन–जी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेका सीटीईभीटीका विद्यार्थीहरूको पुनः परीक्षाका लागि करिब १ करोड ७५ लाख रुपैयाँ खर्च लाग्ने जानकारी दिनुभएको छ।

मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै उहाँले कोशी र बागमती प्रदेशका करिब १० प्रतिशत विद्यार्थीको उत्तरपुस्तिका जलेको बताउनुभयो। मन्त्री पुनका अनुसार जाँच नदिई पास हुनुपर्ने विद्यार्थीको माग अस्वीकार गर्दै पुनः परीक्षा लिने सहमति भएको छ।

उहाँले विद्यार्थीलाई परीक्षाका लागि काठमाडौं आउनु नपर्ने गरी सम्बन्धित प्रदेशका केन्द्रमै जाँच लिने व्यवस्था मिलाइएको र यसका लागि सबै तयारी भइरहेको बताउनुभयो।

यसैगरी, मन्त्री पुनले सीटीईभीटीको नयाँ सम्बन्धनका लागि समिति गठन गरिएको जानकारी दिनुभयो। २०६९ सालदेखि हालसम्म सम्बन्धनका लागि परेका ४४२ वटा निवेदनलाई छानविन गरी दुई महिनाभित्र टुंग्याउने उहाँले बताउनुभयो। सीटीईभीटीको सम्बन्धन दिन र यसको परिमार्जन गर्नका लागि छुट्टाछुट्टै समितिहरू गठन गरिएको पनि उहाँले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...