समाचार

आज गाई, गोरु र गोवर्द्धन पूजा

काठमाडौं। कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।

वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभरि गोरु जोत्ने हली एवं अन्य कृषिकर्म गर्ने किसानलाई पनि आज पूजा गरी मिष्टान्न परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।

गोवर्द्धन पूजा

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

सम्बन्धित समाचार

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल

काठमाडौँ। महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट आउने भक्तजनको चहलपहल बढेको छ। देश, विदेशबाट आएका साधुसन्त एवं...

भाले चिराइतो

भाले चिराइतो

ताप्लेजुङको मैवाखोला गाउँपालिका क्षेत्रमा पर्ने तीनजुरे–मिल्के क्षेत्रबाट सङ्कलन गरी बिक्रीका लागि तयारी अवस्थामा राखिएको भाले चिराइतो । तस्बिरः दिलकुमार...

हेर्नुहोस् आजको मौसम

हेर्नुहोस् आजको मौसम

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बादल...

सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिक नियन्त्रणमा

सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं।  सुनसरीबाट पेस्तोल सहित भारतीय नागरिक नियन्त्रणमा सशस्त्र प्रहरी बलले सुनसरीबाट पेस्तोल सहित भारतीय नागरिकलाइ नियन्त्रणमा लिएको छ ।...