मुख्य समाचार

विद्या भण्डारीको घर जलाउने सोनाम थेबे युवा संघमा कहिल्यै थिएनन् : युवा संघ नेपाल

काठमाडौं। राष्ट्रिय युवा संघ नेपालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाउनेमा संलग्न भनेर पक्राउ परेका सोनम थेबे राष्ट्रिय युवा संघ नेपालमा कहिल्यै पनि नभएको स्पष्ट पारेको छ ।

बुधबार युवा संघका प्रवक्ता निरोज पौडेलले एक विज्ञप्ति जारी गरि उनी राष्ट्रिय युवा संघको कुनै पनि तह वा जिम्मेवारीमा नरहेको स्पष्ट पार्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘विभिन्न संचार माध्यमहरू र सामाजिक सञ्जालहरू मार्फत सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीको निवासमा आगजनि गरिएको विध्वंसकारी घटनासँग राष्ट्रिय युवा संघ नेपाललाई जोडेर मिथ्या तथा भ्रामक प्रचार प्रसार गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

राष्ट्रिय युवा संघ नेपालले लोकतन्त्र, राष्ट्रियता र जनताको जनजीविकाको सवालमा सदैव राजनीतिक, सामाजिक र कानुनी मूल्य–मान्यताको अधिनमा रहेर पैरवी गर्दै आएको छ भन्दै विज्ञप्तिमा भनिएको छ ,‘राष्ट्रिय युवा संघ नेपाल यस विषयमा विभिन्न संचार माध्यम र आम जनतालाई भ्रममा नपर्न अनुरोध गर्दछ । साथै, संगठनका कुनै पनि नेता वा कार्यकर्ताले सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुर्याउने वा गैरकानुनी गतिविधि गर्ने हकमा, संगठनले आन्तरिक अनुशासनात्मक र कानुनी कारबाही गर्ने कुरा स्पष्ट गर्दछ ।’

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...