महानगरका मेयरका उम्मेदवार केशव स्थापितले मागे माफी

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरका मेयरका उम्मेदवार केशव स्थापितले आफ्नो बाेलीले कसैलाइ दुःख र पिडा भएको छ भने माफ दिनुहोला भन्दै माफी मागेका छन् ।

एमालेले काठमाडौंमा गरेको चुनावी सभामा बोल्दै मैले बोलेको कुराले आफुले जाने् नजानेर आफुबाट केहि गल्ती भएको भए भन्दै माफी मागेका हुन् ।

उनले सबै भन्दा पहिले काठमाडौमा सबैको निन्ती हुने पार्कको आवस्यकाता रहेको हुद्धा आफु मयर भए त्यो काम गर्ने योजना रहेको बताए ।

जसमा युवाहरुको माया प्रेमको कथा लेखियोस् गित लेखियोस् जस्त उदाहरण दिदै आफ्नो योजना सुनाए । साथै काठमाडौमा भएको फोहोरको एक वर्ष पछि स्थायी समाधान निकाल्ने समेत बताए ।

उनले भने काठमाडौमा फोहोरको वारेमा राजनीति गर्न नपरोस् । काग्रेसले जहिले पनि फोहरको नारा लिएर राजनिति गदै आएको बताउदैँ अब

कांग्रेसले भविष्यमा फोहोरका लागि राजनीति गर्न नपाउने स्थापितले बताए । एक वर्षभित्र धुलो र धुवाँको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘यो सभा विजयी उत्सव हो कि, मलाई नै कन्फ्युज भएको छ,’ स्थापितले भने, ‘प्रतिस्पर्धी छ जस्तो लागेकै छैन ।

प्रतिपक्ष नै उभिएकै छैन । काठमाडौं कस्तो बनाउने भनेर आउन पर्दैन । आफ्नो जित सुनिश्चित रहेको भन्दै आफ्नो प्रतिस्पर्धी नै कोही नरहेको समेत बताएका छन् ।

 

 

You might also like
Comments
Loading...