नितु पौडेलको पशुपतिमा अन्त्येष्टि
काठमाडौँ । गायिका नितु पौडेलको पार्थिव शरीरको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। पोस्टमार्टमपछि शनिबार दिउँसो परिवारले उनको शवको अन्त्येष्टि गरेको हो।
उनले गत १ कात्तिकमा एक स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। कीर्तिपुरस्थित बर्न अस्पतालमा एक साताको उपचारपछि चिकित्सकले हिजो शुक्रबार बिहान उनलाई मृत घोषित गरेको थियो।
उनको मृत्युपछि परिवारले बाबुल गिरीविरूद्ध प्रहरीमा जाहेरी दिएको थियो। प्रहरीले बाबुललाई आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।
नितुको मृत्यु नभएर हत्या भएको बताउँदै परिवारले न्यायको माग गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




