मुख्य समाचार

एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु

काठमाडौँ। नेकपा एमालेले ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालय भवनको मर्मतकार्य सुरु गरेको छ।

गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगलागी र तोडफोड भएपछि छानो र पर्खालको मर्मत तथा रङ्गरोगनको काम जारी छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार इन्जिनियरको प्रतिवेदनमा भवन प्रबलीकरणयोग्य भएको पुष्टि भएपछि मर्मत सुरु गरिएको हो।

एमालेले आगलागी र क्षति भएपछि यही कात्तिक ८ गतेदेखि पाल टाँगेर अस्थायी कार्यालय सञ्चालन गर्दै आएको थियो। जेनजी आन्दोलनका क्रममा देशभर ६४ पार्टी कार्यालय र १५८ भन्दा बढी नेता–कार्यकर्ताका निजी घर तथा व्यवसाय प्रभावित भएका थिए। रासस

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...