मुख्य समाचार

जिप दुर्घटनामा चालकको मृत्यु

काठमाडौँ। रोल्पामा गएराति भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ। दुर्घटनामा थप तीन जना घाइते भएका छन्। गएराति पौने १० बजेतिर सुनिलस्मृति गाउँपालिका –४ धुलेओडारमा लु २ च ८०१५ नम्बरको पिकअप जिप सडकबाट अन्दाजी ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

भित्री सडकखण्ड हुँदै किलाचौरबाट सुलिचौर तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालक सुनछहरी गाउँपालिका –६ का ३२ बर्षीय थम्मन रोका मगरको उपचारका क्रममा मृत्यु भएको छ। उनको बिहीबार बिहान पौने ३ बजेतिर उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

दुर्घटनामा परी जिल्लाको लुंग्री गाउँपालिका – ७ हर्जनका ४० बर्षीइ खिमबहादुर पुन, लुंग्री –४ साल डाडाँकी २७ बर्षीया भावना गिरी र उनकी ५ बर्षीया छोरी शान्ति गिरी घाइते छन्। सुलिचौरको उपचार पछि तीनै जना घाइतेलाई थप उपचारका लागि मेडिकल कलेज भैरहवाका लागि रेफर गरिएको छ।

दुर्घटनाबारे स्थानीयले सवा १० बजेतिर इलाका प्रहरी कार्यालय सुलिचौरमा सूचना दिएका थिए। त्यसपछि इप्रका सुलिचौरबाट प्रहरी निरीक्षक अनिलकुमार चौधरीको नेतृत्वमा ११ जनाको टोली घटनास्थल पुगेर घाइतेको उद्धार गरी अस्पताल पुर्‍याएको थियो।

घाइतेहरुलाई राति साढे १ बजे मात्रै अस्पताल पुर्‍याएको थियो ।

सम्बन्धित समाचार

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...

प्रधानमन्त्री बालेन्द्र शाहलाई ओलीको बधाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई ओलीको बधाइ

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत अध्यक्ष ओलीले...

परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल

परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल

काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीतिमा परिवर्तन नहुने बताउनुभएको छ।...