मुख्य समाचार

जनजीका नाममा सबै खालका अपराधकर्मीलाई उन्मुक्ति दिन हुँदैन :आनन्दकुमार श्रेष्ठ

रामेछाप। बागमती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले जनजीका नाममा सबै खालका अपराधकर्मीलाई उन्मुक्ति दिन नहुने बताउनुभएको छ ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनलाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै उहाँले भदौ २३ र २४ गतेका घटनामा संलग्न व्यक्तिहरूलाई ‘जेनजी’को नाममा छाड्नु गलत हुने टिप्पणी गर्नुभयो । ‘जसले जे अपराध गरे पनि जेनजी भन्ने बित्तिकै उन्मुक्ति दिने हो भने समाज र देश कहाँ पुग्छ?’ भन्ने प्रश्न उहाँले गर्नुभयो।

सभापति श्रेष्ठले राज्य सत्ता सञ्चालन गर्ने विषय कुनै खेल वा हल्का प्रयोगको विषय नभएको बताउनुभयो। उहाँले सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारलाई अपराधीहरूलाई उन्मुक्ति दिने हिसाबले ‘ख्यालख्याल’ नगर्न आग्रह गर्नुभयो। ‘राज्य सत्ता सञ्चालन गर्ने कुरा कुनै क्लब सञ्चालन गरे जस्तो होइन,’ उहाँको भनाइ थियो।

उहाँले भदौ २३ र २४ का घटनाहरूलाई एउटै दृष्टिकोणबाट हेर्न नमिल्ने बताउनुभयो । उहाँले मेटा कम्पनीको सामाजिक सञ्जाललाई कर तिर्न र कानुनी दायराभित्र आउन आग्रह गरिएको समयमा त्यसको लगानीसमेतका नाममा नेपालमा ‘जेनजी’को आडमा विध्वंस मच्चाइएको बताउनुभयो। ‘साम्राज्यवादी शक्तिहरूले जेनजीलाई प्रयोग गरेर नेपाललाई अस्थिर बनाउने योजनाअनुसार ती घटना घटाइएका हुन्,’ उहाँले भन्नुभयो, ‘राज्यका संरचनासँगै स्वदेशी लगानीका उद्योग व्यवसायहरूलाई पनि लक्षित गरिएको थियो।’

सभापति श्रेष्ठले ती घटनाको क्रममा नेपाली सेना लगायतका सुरक्षा संयन्त्रहरूको भूमिका कमजोर रहेको भन्दै त्यसको पनि निष्पक्ष छानबिन हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले घटनाको निष्पक्ष अनुसन्धान गरी कमजोरी पत्ता लगाएर आगामी दिनमा त्यस्ता त्रुटि दोहोरिन नदिने वातावरण निर्माण गर्न सरकारलाई सुझाव दिनुभयो।

उद्योगी–व्यवसायीहरूले सामना गरिरहेका समस्याका दीर्घकालीन समाधानका लागि नेपाल उद्योग तथा व्यवसायी महासंघले सक्रिय पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। महासंघले गरेको सकारात्मक कामले अन्य क्षेत्रहरूमा पनि प्रभाव पार्न सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

अहिलेको असज परिस्थिति दीर्घकालसम्म नटिक्ने विश्वास व्यक्त गर्दै सभापति श्रेष्ठले वर्तमान अवस्थाको गलत व्याख्या गरिएको बताउनुभयो। उहाँका अनुसार संगठन पुनर्गठनको अर्थ व्यक्ति परिवर्तन मात्र नभई संरचना र कार्यशैलीमा सुधार ल्याउनु हो।

कार्यक्रममा बोल्दै महासंघका वाग्मती प्रदेश अध्यक्ष पशुपतिबहादुर खड्काले देश, समाज र पार्टीलाई अप्ठेरो परेको बेला महासंघले सहयोग गर्न सक्नु पर्ने बताउनुभयो । व्यवसायी मात्रै धनी भएर नहुने बताउँदै सिङ्गो समाज धनी हुँदा मात्र व्यवसाय दिगो हुने उहाँको धारणा छ ।

महासंघ व्यवसायी र सिङ्गो समाजको समस्या उठाउने संस्था बन्नु पर्नेमा उहाँले जोड दिनुभयो । समस्या परेको बेलो लुक्ने र भाग्ने संगठन काम नलाग्ने खड्काले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले जबसम्म आर्थिक हिसाबले समुदाय बलियो हुँदैन तबसम्म देश बलियो नहुने बताउनुभयो ।

आफ्नो व्यवसायीलाई पनि विकास गर्दै राज्यलाई पनि सहयोग गर्दै व्यवसायी क्षेत्र अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । राष्ट्रियताको सवालमा कुरा उठाउने नेकपा एमाले नै भएको बताउँदै उहाँले भन्नुभयो, ‘सबै सही नहुन सक्छन्, त्यसलाई सच्याउनु पर्छ तर एमालेको विकल्प छैन’, उहाँले भन्नुभयो ।

‘व्यक्ति भन्दा पनि संस्था बलियो हुनुपर्छ, कमजोरी भए भने सच्याउन सबैले खबरदारी गर्नुपर्छ, दोस्रो पुस्तालाई हरेक क्षेत्रमा कसरी स्थापित गर्ने भन्ने विषयमा सबैले सोच्नु पर्छ, अब अहमता र अहङ्कारले कुनै पनि संगठन चल्दैनन्, सबैले सबैको अस्तित्व स्विकारेर अघि बढौँ’, उहाँले भन्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले अहिले देश केही कठिन परिस्थितिमा रहेको बताउँदै त्यसको सामना गर्नुपर्ने बताउनुभयो । ‘अहिले केही कठिन परिस्थिति छ, त्यसको सामना गर्न सकिन्छ, नेकपा एमालेले त्यसको सामना गर्छ’, उहाँले भन्नुभयो ।

उद्योग व्यवसाय क्षेत्रको विकास नगरी देशको विकास हुन नसक्ने बताउँदै उहाँले नेकपा एमाले उद्योगमैत्री वातावरण बनाउन निरन्तर लागिरहेको बताउनुभयो । लोकतन्त्र, देश र उद्योग क्षेत्रको संरक्षणको लागि नेकपा एमालेले अगुवाइ गर्ने बताउँदै उहाँले यसमा सहयोग गर्न सबै क्षेत्रलाई कडरियाले अपिल गर्नुभयो।

नेकपा एमाले अहिलेका जस्ता धेरै कठिनाइसँग जुध्दै र जित्दै आएको बताउँदै उहाँले अहिलेको जटिलतालाई पनि एमालेले जितेर अघि बढ्ने उहाँले बताउनुभयो ।

महासंघका अध्यक्ष पवन कठायतको अध्यक्षतामा भएको कार्यक्रमलाई नेकपा एमाले सचिव प्रकाशकुमार कार्कीलगायतले सम्बोधन

सम्बन्धित समाचार

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...