किशोरी झुण्डिएको अवस्थामा मृत फेला
सप्तरी। सप्तरीको राजगढ गाउँपालिका –६ बर्दाहीमा १५ वर्षीया एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
सिरहाको भगवानपुर गाउँपालिका –२ गमरिहा घर भएकी नेहा मण्डल मामा सुनिल मण्डलको घरमा बस्दै आएकी थिइन् । आइतवार बिहान करिब ८ बजे नेहा मण्डललाई घरभित्र बाँसको बलोमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारिएको प्रहरी चौकी झुटकीले जनाएको छ ।
घटनाबारे सूचना प्रहरी चौकी झुटकीमा पुगेपछि प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेको थियो । प्रहरीले स्थल सुरक्षित गरी प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ ।
थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा एसओसीओ सहितको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
देवघाटमा देखियो घडियाल
चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...
फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल
काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...
मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै
काठमाडौँ। जनकपुरसहित मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदैछ । त्रेतायुगमा भगवान राम र माता सीताको क्रिडास्थल मानिने पवित्र मिथिला...
निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔं’
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आम...




