मुख्य समाचार

भयरहित वातावरण नबनेसम्म एमाले चुनावमा भाग लिँदैनः प्रदीप ज्ञवाली

उदयपुर। नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावालीले भयरहित वातावरण नबने सम्म नेकपा एमाले चुनावमा सहभागी नहुने बताउनु भएको छ ।

सोमबार नेकपा एमाले जिल्ला कमिटि उदयपुरले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ज्ञावालीले सो कुरा बताउनु भएको हो । भदौ २३ र २४ गतेको घटना पछि मुलुक निकै ठुलो दलदलमा गुज्री रहेको अवस्थामा चुनावमा कसरी जान सकिन्छ भन्दै नेता ज्ञावालीले सरकारलाई प्रश्न गर्नु भयो ।

भदौ २३ र २४ गतेको घटना पछि जेलबाट भागेका झन्डै साढे ५ हजार कैदीबन्दीहरु अहिले पनि जेल बाहिर रहेको, सुरक्षा कर्मीका लुटिएका आधा भन्दा धेरै हतियार अहिले पनि बाहिर भएको अवस्थामा चुनाव कसरी भयरहित तरिकामा सम्पन्न हुन्छ? जनताले आफुलाई सुरक्षित महशुस गरेर कसरी निर्धक्क मतदानमा सहभागी हुन सक्छन भन्ने आफुहरुको प्रश्न रहेको बताउदै यो अवस्थामा चुनाव हुन नसक्ने निस्कर्ष सहित एमाले यथास्थितिमा चुनावमा नजाने निर्णय गरेर बसेको बताउनुभयो।

नेता ज्ञावालीले नेकपा एमाले पंचायत, राणा शासन र निरंकुश राजतन्त्रको बिरुद्धमा लडेर आएको पार्टी भएको र आफुहरुको मूल मन्त्र जनताको बहुदलीय जनवाद रहेकोले चुनावमा नजाने, चुनावबाट भाग्ने भन्ने प्रश्नै नहुने बताउदै चुनावमा सहभागी हुने दल र आम मतदातालाई भयरहित वातावरणमा निर्वाचन हुन्छ भन्ने बिश्वास दिलाउन नसकुञ्जेल आफुहरु चुनावमा नजाने भन्ने निस्कर्षमा पुगेको समेत बताउनुभयो।

उहाँले आफुहरु विघटित संसदलाई पुनस्र्थापित गरेर सदन बाटै संबिधान संसोधन मार्फत अहिलेको समस्याको समधान गर्नुपर्ने पक्षमा रहेको समेत बताउनु भयो । नेता ज्ञावालीले एमालेले संसद पुनस्र्थापनाको माग फेरी सत्ता र कुर्सीको मोहले गरेको नभएर संविधानतः देशलाई एउटा निकासको बाटोमा लैजान संसद पुनस्र्थापनाको माग गरेको जिकिर गर्नुभयो।

 

सम्बन्धित समाचार

आयोगले उम्मेदवारहरूलाई भन्यो : निर्वाचन खर्च सार्वजनिक गर्नू

आयोगले उम्मेदवारहरूलाई भन्यो : निर्वाचन खर्च सार्वजनिक गर्नू

काठमाडौँ। निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो निर्वाचन खर्च विवरण बुझाउन अनुरोध गरेको छ। आयोगले बिहीबार विज्ञप्ति जारी गरी निर्वाचन सम्पन्न...

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...