मुख्य समाचार

माओवादी शब्द नरहदैमा माओवाद र जनयुद्ध नरहने भन्ने हुँदैन : माधव सापकोटा

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता माधव सापकोटाले पार्टीको नाम माओवादी नराख्ने बित्तिकै माओवादी जनयुद्ध र माओवादी लिगेसी नरहने भन्ने नहुने बताउनुभएको छ ।

मंगलवार विघटित केन्द्रिय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्राविधिक र आजको आवश्यकताअनुसारको राजनीतिक स्तरिकरण गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले माओवादीहरुले माओवादको बारेमा अझ प्रखर ढंगले छलफल गर्ने बताउनुभयो। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समेत आगामी दिनमा माओको योगदान, विचारधारा र माओवादका बारेमा बहस गर्नेकुरामा सहमति जनाउनुभएको स्पष्ट पार्नुभयो। यसलाई पार्टीभित्रको आन्तरिक बहसको विषय बनाएर अघि बढ्ने बताउनुभयो।

सम्बन्धित समाचार

आयोगले उम्मेदवारहरूलाई भन्यो : निर्वाचन खर्च सार्वजनिक गर्नू

आयोगले उम्मेदवारहरूलाई भन्यो : निर्वाचन खर्च सार्वजनिक गर्नू

काठमाडौँ। निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो निर्वाचन खर्च विवरण बुझाउन अनुरोध गरेको छ। आयोगले बिहीबार विज्ञप्ति जारी गरी निर्वाचन सम्पन्न...

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...