मधेशका मुख्यमन्त्रीले कात्तिक २२ मा विश्वासको मत लिने
जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले कात्तिक २२ गते शनिबार बस्ने मधेश प्रदेशसभाको वैठकमा विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।
मुख्यमन्त्री सोनारले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिनका लागि व्यवस्था मिलाइ दिन प्रदेशसभा सचिवालयमा बुधबार पत्र पठाएपछि प्रदेशसभा सचिवालय मधेश प्रदेशले कात्तिक २२ गते शनिबार दिनको १ बजे प्रदेशसभाको वैठक अह्वान गरेको छ ।
मुख्यमन्त्री सोनारको तर्फबाट प्रतिनिधित्व गर्दै लोसपा नेपाल मधेश प्रदेश संसदीय दलका नेता जैनुल राइनको नेतृत्वमा गएको नेताहरूको एक टोलीले मुख्यमन्त्रीको विश्वासको मतका लागि आज प्रदेशसभा सचिवालयमा पत्र बुझाएको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...




