मुख्य समाचार

फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २।० लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले यसमा नागरिक स्तरको तहबाट पनि सहयोग आवश्यक रहेको बताउनुभयो। सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन सक्ने बताउनुभयो।

उहाँले अहिलेसम्म जेन जी आन्दोलनका क्रममा लुटिएका ७ सय १० वटा हतियार फिर्ता भइसकेको र केही अझै फिर्ता हुन बाँकी रहेको बताउनु भयो । आन्दोलनका क्रममा १४ हजार ५ सय ४९ जना फरार रहेकोमा ९ हजार ५ सय २१ जना फिर्ता आइसकेको र अझै पाँच हजार १ सय ५ जना बाहिर रहेको बताउनु भयो । गृहमन्त्री अर्यालकाअनुसार अझै ३५ प्रतिशत कैदीबन्दी फरार छन् ।

उहाँले भन्नुभयो, ‘सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन पनि सक्छ भन्ने एउटा ठूलो म्यासेज अहिले दिएको छ । त्यो अवस्था सत्ता परिवर्तनको मात्रै होइन सुरक्षा संकट नै निम्तिन सक्छ । हतियारको विषय वस्तु छ । ७ सय १० वटा हतियार फिर्ता गरिसकेका छौँ । कतिपय डढेका पनि छन् । केही फिर्ता हुन बाँकी छ । कैदीबन्दीहरु अहिलेसम्म १४ हजार ५ सय ४९ जना फरार भएकोमा ९ हजार ५ सय २१ जना (६५ प्रतिशत) फिर्ता भइसकेका छन् । केही संख्या अझै पनि बाहिर छ । पाँच हजार १ सय ५ जना अहिले पनि बाहिर छन् । हतियार र कैदीहरुलाई फिर्ता गर्नको लागि पटक पटक सूचना निकालेर आइदिनुस्, हतियार फिर्ता दिनुस् पनि भनेका छौँ । अझै बाहिर हुनुहुन्छ । त्यसलाई विशेष अपरेशन चलाउँछौँ । यसमा नागरिक स्तरको तहबाट पनि सहयोग चाहिन्छ ।’

उहाँले कानूनी राज्यको जगेर्ना गर्नु आफ्नो दायित्व भएको बताउनु भयो । सरकार र निजी क्षेत्र एक अर्काको परिपूरक भएको बताउँदै निजी क्षेत्रको दायित्व अर्थतन्त्रको जगेर्ना गर्नु भएको बताउनुभयो। सरकार थप रचनात्मक भएर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो

वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो

सर्लाही। सर्लाहीको हरिवन नगरपालिका–६ र ७ अन्तर्गत चारलिकस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच दर्जनभन्दा...

बैतडीमा दुई महिला मृत फेला

बैतडीमा दुई महिला मृत फेला

बैतडी । बैतडीमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु भएको छ। एक महिला भीरबाट लडेकी छन् भने अर्की महाकाली नदी...

बाढीले फेमे खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध

बाढीले फेमे खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध

फिदिम । चार महिनापछि परेको वर्षासँगै आएको बाढीले पाँचथरस्थित फेमे खोलामा बनाइएको डाइभर्सन बगाएको छ। डाइभर्सन बगेसँगै सदरमुकाम फिदिम...

अमेरिकाले खुकुलो बनायो रूसी कच्चा तेलमाथिको प्रतिबन्ध

अमेरिकाले खुकुलो बनायो रूसी कच्चा तेलमाथिको प्रतिबन्ध

इरानसँग युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढ्न थालेपछि अमेरिकाले रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पारेको छ। अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमार्फत...