मङ्लबार, मंसिर २, २०८२
English
Follow us:

दलका संघ/संगठनलाई वैधयता नदिने शिक्षामन्त्रीको घोषणा

दलका संघ/संगठनलाई वैधयता नदिने शिक्षामन्त्रीको घोषणा

  • खबर सेवा

  • आइतवार, कार्तिक २३, २०८२

  • 115
    SHARES
दलका संघ/संगठनलाई वैधयता नदिने शिक्षामन्त्रीको घोषणा

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ-संगठनहरूलाई मान्यता नदिने घोषणा गर्नुभएको छ।

आइतबार एक सूचना जारी गर्दै मन्त्री पुनले विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भ्रातृ संगठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ-संगगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी दिनुभएको हो।

उहाँले यस्ता संगठनहरूलाई गैरराजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउने प्रयोजनार्थ सोहीबमोजिमको कानुनी प्रबन्धसहित पुनर्गठन गर्न आह्वान पनि गर्नुभएको छ।

साथै राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने सम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषयमा पनि ध्यानाकर्षण गराइएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology