पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रने : अनेरास्ववियु

काठमाडौं । एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थका मुल्यबृद्धि तत्काल फिर्त लिन माग गरेको छ ।अनेरास्ववियुले एक बिज्ञप्ती जरी गदै उक्त माग राखेकाे हाे
सरकारले आजबाट लागु हुने गरी पेट्रोलियम पदार्थको इतिहासमै सबैभन्दा ठूलो मूल्यवृद्धि गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एकैपटक १० रुपैयाँले बढाएर पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टतेलको मूल्य १५३ रुपैयाँ कायम गरी जनताको ढाड सेक्ने काम गरेको भन्दै अखिलले फिर्ता लिन माग गरेको बिज्ञप्तीम उल्येख गरेकाे छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछ । अन्यथा अनेरास्ववियु मूल्यवृद्धि विरुद्ध जस्तोसुकै प्रतिकार गर्न बाध्य हुनेछ । साथै अनेरास्ववियु सम्पूर्ण जनसमुदायलाई र आम नेता कार्यकर्ताहरुलाई मुल्यवृद्विको विरुद्धको आन्दोलनमा उत्रन आव्हान गर्दछौं,’ बिज्ञप्तीमा भनिएको छ ।
‘स्थानीय तह निर्वाचनमा मत खसाउन आफ्नो गाउँघर गएका जनतालाई मतदानको मसी नसुक्न नपाउदै जनतामारा सरकारले मूल्यवृद्धिको उपहार जनतालाई दिएको छ ।
मुल्य समायोजन भन्ने बाहनामा अन्तराष्ट्रिय बजारमा मुल्य बढ्दा बढाउने तर घटदा नघटाई, इन्धनको नाममा सरकार विभिन्न कर लगाएर राजस्व उठाएर कमाउन व्यस्त छ, आयल निगम चुहावट नियन्त्रणलाई बेवास्ता गरी कर्मचारीलाई बोनस र भत्ता बाड्न मस्त छ, अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले बिज्ञप्ती जारी गर्दै भनेका छन् ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि संगै देशैभर अब अतिआवश्यक वस्तु तथा सेवाको ढुवानी र लागत भाडा महँगिने निश्चित छ ।
जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरुमा मूल्यवृद्धि गर्दै निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी पटक९पटक मुल्य वृद्धि गर्ने कदमप्रति अनेरास्ववियु गम्भीर खेद व्यक्त गर्न चाहन्छ । ‘अखिलले मुल्इबृद्धिबिरुद्ध शसत्त प्रतिवादमा उत्रन पनि अपिल गरेको छ ।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




