प्रमुख खवर

कोरियामा अध्ययनरत विद्यार्थीको उपचारको क्रममा मृत्यु, अस्पताल खर्च र शव नेपाल ल्याउन सहयोगको अपिल

दक्षिण कोरिया। दक्षिण कोरियाको बुसानमा रहेको दोङ्ग-ए विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी रोशनबहादुर पाख्रिनको मृत्यु भएको छ। नेपाली विद्यार्थी समाज (सोनसिक) दक्षिण कोरियाका अनुसार पाख्रिनले यही अक्टोवर ३० तारिखमा आत्महत्याको प्रयासपछि गम्भीर घाइते भई उपचारको लागि बुसानको अस्पतालमा भर्ना गरिएको थियो। उनको नोभेम्बर ७ मा उपचारकै क्रममा मृत्यु भएको हो।

पाख्रिनलाई अस्पतालको सघन कक्षमा राखी उपचार प्रयास गर्दा समेत सफल हुन नसकेको बताइएको छ। उनको पारिवारिक अवस्था कमजोर भएको र उपचार खर्च तथा नेपालसम्म पार्थिव शरीर ल्याइपुर्‍याउन करिब १५ लाख खर्च लाग्ने सोनसिकका उपाध्यक्ष सोनाम शेर्पा जानकारी दिनुभयो । सो रकम परिवारले बेहोर्न नसक्ने भनी सहयोगका लागि अपिल गरिएको त्यसमा सबैलाई सहयोग गर्न सोनसिकले अपिल गरेको छ। रकम जुटाउन सोनसिकसँगै गैरआवसीय नेपाली संघ दक्षिण कोरिया, नेपाल शैक्षिक परामर्श संघ नेपाल (केक्यान) लगायतले पनि पहल गरिरहेको बताइएको छ।

गैरआवसीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष पार्वती मोक्तानले सधै विषम परिस्थितिमा गैरआवसीय नेपाली संघ दक्षिण कोरियाले अग्रणी भूमिका खेलेको र यसमा पनि उल्लेख्य सहयोग गर्ने प्रतिबदता ब्यक्त गर्नुभयो।साथै गैरआवसीय नेपाली संघ दक्षिण कोरियाका पुर्व अध्यक्ष बुद्दि गुरुङ लगायतको उल्लेख्य सहयोग भैराखेको सोनसिकका उपाध्यक्ष सोनाम शेर्पा जानकारी दिनुभयो। दक्षिण कोरिया स्थित लागि नेपालि दुताबासले पनि पाख्रिनको सव नेपाल ल्याउने प्रक्रिया अघाडि बढाई सकेको छ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...