प्रमुख खवर

शैक्षिक संस्थालाई दुई दिन बिदा नगर्न भक्तपुर नगरपालिकाको निर्देशन

काठमाडौं । भक्तपुर नगरपालिकाले शैक्षिक संस्थालाई शनिबार र आइतबार बिदा नगर्न निर्देशन दिएको छ ।

आइतबार नगरपालिकाले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘गृह मन्त्रालयको सूचनाअनुसार संवत् २०७९ जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भएता पनि भक्तपुर नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै विद्यालय सञ्चालन गर्न र गराउनुहुन अनुरोध छ ।’

शिक्षा मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय देशभरका सबै शैक्षिक संस्थामा कार्यान्वयन गर्ने केही दिनअघि निर्णय गरेको थियो । त्यस विपरित नगरपालिकाले विद्यालयहरुलाई पत्र पठाएको हो ।

 

 

 

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...