मुख्य समाचार

क्षतिग्रस्त ४६५ प्रहरी युनिटमध्ये ४४८ सञ्चालनमा, ९ हजारभन्दा बढी कैदी फिर्ता

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते नेपाल प्रहरीका ४६५ युनिटमा क्षति पुगेकोमा हालसम्म ४४८ वटा युनिट पुनः सञ्चालनमा आएका छन्।

राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले देशभरका सुरक्षा तथा प्रशासनिक अवस्थाबारे विवरण प्रस्तुत गर्दै क्षति पुगेका १० जिल्ला प्रशासन कार्यालय र ४ इलाका प्रशासन कार्यालयको सेवा पनि सुचारु भइसकेको जानकारी दिएका हुन्।

गृहमन्त्री अर्यालका अनुसार, आन्दोलनपछि करिब दुई महिनाको अवधिमा शान्ति–सुरक्षा सामान्य अवस्थामा फर्किएको छ। उनले आन्दोलनका क्रममा आपराधिक गतिविधिमा संलग्न ४२९ जनालाई पक्राउ गरी हालसम्म १६८ वटा मुद्दा दर्ता भइसकेको जानकारी दिए।

‘भदौ २३ र २४ गतेका घटनापछि लुटिएका वा हराएका सुरक्षाकर्मीका ७१८ थान हतियार फिर्ता ल्याइसकिएको छ,’ मन्त्री अर्यालले समितिलाई जानकारी दिँदै भने, ‘बाँकी हतियार खोजीका लागि सुरक्षा निकायहरूले संयुक्त अपरेसन सञ्चालन गर्दै तीव्र खोजी कार्य गरिरहेका छन्।’

उनले थपे, ‘सुरक्षा संयन्त्रबीचको सहकार्य र स्थानीय तहको सहयोगका कारण स्थिति नियन्त्रणमा ल्याउन सफल भएका छौँ।’ गृहमन्त्री अर्यालले उक्त घटनामा देशका विभिन्न कारागारबाट १४ हजार ५५४ कैदीबन्दी फरार भएकोमा हालसम्म ९ हजार ५४१ जना पुनः नियन्त्रणमा आएका र बाँकी ५ हजार १३ जनाको खोजी जारी रहेको जानकारी दिए।

त्यस्तै, उनले आगामी फागुन २१ गते निर्धारित निर्वाचन सम्पन्न गर्नु सरकारको प्राथमिक जिम्मेवारी भएको दोहोर्याउँदै भने, ‘हामी समयमै निर्वाचन सम्पन्न गरेर छिटोभन्दा छिटो जनताबाट निर्वाचित प्रतिनिधिलाई सत्ता सुम्पन आतुर छौँ।’

गृहमन्त्रीका अनुसार, निर्वाचन पूर्व सुरक्षा सुदृढीकरण, मतदाता सहजता र आपराधिक गतिविधि नियन्त्रणलाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको छ।

सम्बन्धित समाचार

वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ। पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदुषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष...

डोटीमा माटोको ढिस्कोमा पुरिएर किशोरीको मृत्यु

डोटीमा माटोको ढिस्कोमा पुरिएर किशोरीको मृत्यु

डोटी । डोटीमा एक किशोरीको माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, डोटीले दिएको जानकारी...

पोखराको जुवा खालबाट ५ जना पक्राउ

पोखराको जुवा खालबाट ५ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका वडा नं. १९ अकलादेवीस्थित एक स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई रङ्गेहात पक्राउ गरेको...

इरानमा अमेरिका–इजरायल आक्रमणमा अमेरिकी सैनिकको मृत्यु

इरानमा अमेरिका–इजरायल आक्रमणमा अमेरिकी सैनिकको मृत्यु

अमेरिकी केन्द्रिय कमाण्डले जनाएअनुसार अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध शुरु गरेको आक्रमणका क्रममा सातौं अमेरिकी सैनिकको मृत्यु...