कांग्रेसले बोलायो कार्यसमिति बैठक
काठमाडौं। महाधिवेशनबारे सहमति भइ नसकेको अवस्थामा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ।
बैठक आज दिउँसो एक बजे ललितपुरमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। चुनावअघि महाधिवेशन गर्ने गरी तालिका ल्याउने वा नल्याउने भन्ने विषयमा सहमति जुटाउन बैठक बस्न लागेको हो।
२८ असोजदेखि सुरू भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा चुनावअघि महाधिवेशन गर्नुपर्ने र गर्न नहुने विषयमा नेताहरू विभाजित छन्। हिजो बोल्ने क्रम सकिए पनि निर्णय लिन दुई दिन बैठक स्थगित गरिएको छ। महामन्त्री गगन थापाले हिजो विशेष महाधिवेशनका लागि मंसिर २७ गतेको मिति प्रस्ताव गर्नुभएको छ।
अर्का महामन्त्री शर्माले नियमित महाधिवेशन नगरिए पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने विधानतः बाध्यता रहेको धारणा राख्नुभएको छ। यसैबीच विशेष महाधिवेशन पक्षधरहरुले युवा भेला आह्वान गरेका छन्। दिउँसो साढे १२ बजे बानेश्वारको एक बैंक्वेटमा भेला आयोजना गरिएको नेता मनोजमणि आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार विशेष महाधिवेशनका ५४ प्रतिशत हस्ताक्षर संकलन भइसकेकाले त्यसअनुसार अघि बढ्न दबाब दिइनेछ।
यसअघि पनि हस्ताक्षर संकलनकर्ता पक्षले यसबारे केन्द्रीय कार्यसमितिमा पर्याप्त छलफल नभएको भन्दै दबाब बढाउँदै आएको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...
वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो
सर्लाही। सर्लाहीको हरिवन नगरपालिका–६ र ७ अन्तर्गत चारलिकस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच दर्जनभन्दा...




