ओलीको आरोप : सरकारले नेताहरूको स्वतन्त्रता रोक्दै चुनावको झुक्याउने खेल गरिरहेको छ
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेताहरूलाई स्थान–हद तोकेर चुनाव सञ्चालन गर्नु जनतालाई झुक्याउने प्रयास मात्र भएको बताउनुभएको छ ।
चुनावको मिति घोषणा भए पनि अब केवल चार महिना बाँकी रहेको भन्दै ओलीले यस्तो टिप्पणी गर्नुभएको हो।
भर्चुअल माध्यमबाट झापाका अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले “नेताहरूलाई जिल्ला जान नदिने, निर्वाचन क्षेत्रमा प्रवेश नदिने, प्रचार रोक्ने” जस्ता प्रतिबन्धले चुनाव प्रक्रियामा अवरोध सिर्जना भइरहेको उहाँको भनाइ छ।
“यो सरकार चुनाव गराउने भन्छ। नेताहरूलाई स्थानहद तोकेको छ। जिल्ला जान नपाउने, निर्वाचन क्षेत्र जान नपाउने, प्रचार गर्न नपाउने। राजनीतिक दल र नेताहरूलाई यस प्रकारको अवरोध गरेर कस्तो प्रकारको चुनाव गर्न खोजिएको हो?”उहाँले प्रश्न गर्नुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...
वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो
सर्लाही। सर्लाहीको हरिवन नगरपालिका–६ र ७ अन्तर्गत चारलिकस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच दर्जनभन्दा...




