कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्यद्वारा समयमै महाधिवेशन गर्न माग गर्दै लिखित निवेदन
काठमाडौँ। नेपाली कांग्रेसका संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले पार्टीको १५ औँ महाधिवेशन प्रतिनिधि सभा निर्वाचनअघि सम्पन्न गर्नुपर्ने मागसहित केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाउनुभएको छ।
शुक्रबार उहाँहरूले पार्टी कार्यालय सानेपा पुगेर फागुन २१ गतेका लागि तय भएको निर्वाचन परिणाममुखी बनाउने उद्देश्यले महाधिवेशन मंसिर १५ भित्रै सुरु गर्नुपर्ने लगायतका माग राख्नुभएको छ।
ज्ञापनपत्रमा महाधिवेशन सञ्चालनको पहिलो खुड्किलोका रूपमा क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण समयसीमा निर्धारण गरेर टुंग्याउनुपर्ने माग गरिएको छ।
साथै, वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै युवा पुस्ताको पर्याप्त प्रतिनिधित्व, पार्टीको अन्तरिम निर्वाचन समितिलाई अविलम्ब पूर्णता दिने, र १५ औँ महाधिवेशनमा सबै तहको पार्टी संरचनामा युवा, महिला, दलित, आदिवासी, थारु, मधेशी, मुस्लिम, पिछडिएका वर्ग तथा अपांगता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।
केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीका अनुसार, ज्ञापनपत्रमा स्थानीय, प्रदेश र संघीय तहका निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्त अनुसार उम्मेदवार बनाउने, साथै संविधान संशोधनसँग सम्बन्धित विषयमा पार्टी वा वडादेखि केन्द्रीय तहसम्म संवाद र स्पष्ट पार्टी अवधारणा निर्माण गर्नुपर्ने माग पनि समेटिएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




