मुख्य समाचार

एमाले लयमा फर्कियो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको संगठनात्मक पंक्ति लयमा फर्किएको बताउनु भएको छ ।

काठमाडौंमा आज जनसंगठन समन्वय संयन्त्रको आयोजनामा भएको पार्टीको बागमती प्रदेशका पदाधिकारी, उपत्यका विशेष, जनसङ्गठन, सम्पर्क समन्वय कमिटीसहितको बिशेष बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले अन्य राजनीतिक दलहरू अलमल र दिशाबिहीन अवस्थामा फसेको बेला एमाले मात्र जनताको बीचमा पुगेर वास्तविक जनभावना सुन्न सफल भएको बताउनुभयो ।

ज्ञवालीले जनपरिचालन अभियानमार्फत वडा, पालिका र जिल्लास्तरका जनप्रदर्शन र सभामार्फत एमालेको निरन्तर जनसमर्थन मजबुत बन्दै गएको बताउनुभयो। जनस्तरमा एमालेप्रति देखिएको उत्साहले पार्टी संगठन थप ऊर्जावान बनेको उहाँले बताउनुभयो ।

बैठकमा जनसंगठन समन्वय संयन्त्रका संयोजक तथा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई, सम्पर्क समन्वय कमिटी इञ्चार्ज लालबाबु पण्डित, उपत्यका विशेष समन्वय कमिटी इञ्चार्ज सुजिता शाक्य, भक्तपुर इञ्चार्ज महेश बस्नेत र काठमाडौं इञ्चार्ज आनन्द पोखरेलले मंसिर ५ गते आयोजना गर्न लागिएको स्वयंसेवकहरुको राष्ट्रिय भेला र मंसिर ६ गते काठमाडौमा आयोजना गर्न लागिएको विशेष प्रदर्शनको तयारी सम्बन्धी विस्तृत जानकारी गराउनुभयो ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...