मुख्य समाचार

६ लाख २० हजार नयाँ मतदाता थपिए

काठमाडौं। निर्वाचन आयोगले ६ लाख २० हजार नयाँ मतदाता थपिएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सोमबार रातिसम्म अद्यावधिक गरिएको विवरणअनुसार आयोगका विभिन्न कार्यालयमा स्वयं उपस्थित भएर ३ लाख ११ हजार ४१५ जनाले फोटो खिचाई मतदाता नामावली दर्ता गराएका छन्।

यस्तै राष्ट्रिय परिचयपत्रमा रहेको बायोमेट्रिक विवरणका आधारमा थप ३ लाख ८ हजार ५८५ जनाको नाम मतदाता नामावलीमा सूचीकृत भएको आयोगले जनाएको छ।

आयोगले मतदाता नामावली अद्यावधिक गर्ने समयसीमा मंसिर ५ गतेसम्मका लागि थप गरेको छ। आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ, जसमा १८ वर्ष उमेर पूरा गरिसकेकाले मतदानमा सहभागी हुन पाउनेछन्।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...