चितवनमाथि लुम्बिनीको जित
काठमाडौँ। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार साँझ भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हरायो ।
जितका लागि एक सय ४३ रनको मध्यम लक्ष्य पछ्याएको लुम्बिनीले १८.३ ओभरमा चार विकेटको क्षतिमा एक सय ४६ रन जोड्दै लक्ष्य पूरा गरेको हो । लुम्बिनीका लागि गुलवदिन नैवले सर्वाधिक ४४ रन बनाउनुभयो ।
२४ बलमा तीन चौका तीन छक्का हान्नुभएका गुलवदिन अविजित रहनुभयो । कप्तान रोहित पौडेलले ३९ रन बनाउनुभयो । उहाँले ४४ बलमा एक चौका हान्नुभएको थियो ।
यस्तै ओपनर सन्दीप जोराले २८, डार्की सर्टले ११ र दीलिप नाथले १० रन बनाउनुभयो । बलिङमा चितवनका रिजन ढकालले दुई तथा सोहिल तन्विरले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४२ रन बनाएको थियो ।
चितवनका लागि रवि बोपराले अर्धसतकीय पालि खेल्नुभयो । सर्वाधिक ६६ रन बनाउनुभएका वोपराले ५५ बलमा चार चौका र तीन छक्का हान्नुभयो ।
यस्तै कप्तान कुशल मल्लले २१, सैफ जैइफले १५, देव खनालले १४, ओपनर दीपक बोहराले १० र अर्जुन साउदले अविजित आठ रन बनाउनुभयो ।
बलिङमा लुम्बिनीका रुवेन ट्रम्पलम्यानले तीन विकेट लिनुभयो । अविशेष गौतम र गुलवादिन नैवले दुई दुई विकेट लिनुभयो ।
एनपिएलमा पहिलो जितसँगै लुम्बिनीले दुई अङ्क बनाएको छ । दोस्रो खेलमा पहिलो हार खेपेको चितवनको पनि दुई अङ्क छ ।
यसअघि आफ्नो पहिलो खेलमा चितवनले कर्णालीलाई चार विकेटले हराएको थियो । एनपिएल अन्तर्गत शुक्रबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिच साँझ ४:०० बजे प्रतिस्पर्धा हुनेछ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




