मुख्य समाचार

नेसनल भोलेन्टियर फोर्स घोषणा गर्दै एमाले

काठमाडौं। नेकपा (एमाले)ले आज ‘नेसनल भोलेन्टियर फोर्स’ (एनभीएफ) घोषणा गर्दैछ। पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि यस्तो फोर्स घोषण गर्न लागिएको एमालेले जनाएको छ।

शुक्रबार बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले बबरमहलस्थित कार्की व्यांक्वेटमा फोर्सको घोषणा गर्ने पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले जानकारी दिनुभयो।

त्यसअघि माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वरसम्म मार्चपास गर्ने तयारी छ। एमालेले समाजमा बढेको असुरक्षा, अशान्ती र भदौ २३ २४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको जनाएको छ।

फोर्सले राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहात तथा उद्धारमा सहयोग गर्ने जस्ता काम गर्ने एमालेले जनाएको छ।

सुरक्षा संवेदनशिलता बढेका बेला राज्यले अध्यक्ष ओली लगायत नेताहरुका सुरक्षाकर्मी फिर्ता लगेकोले पनि फोर्सको आवश्यकता बढेको एमाले नेताहरुले बताउने गरेका छन्। एनभीएफको प्रदेश र जिल्लागत संरचना पनि तत्काल बिस्तार गरिने ढकालले बताउनुभयो।

एनभीएफमा एकजना कमाण्डर र दुईजना साहायक कमाण्डरको व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...