रसुवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । रसुवामा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु भएको छ ।

दुर्घटनामा उत्तरगया गाउँपालिका-१ का ४० वर्षीय राम तामाङ र नुवाकोट जिल्ला विदुर नगरपालिका-१० को ४३ वर्षीया पम्फा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्णुप्रदीप बस्यालले बताए ।

उनका अनुसार बेत्रावतीबाट खाल्टेबगरतर्फ जाँदै गरेको बा ९६ ज २०९४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

उनीहरु स्थानीय निर्वाचनमा उत्तरगया गाउँपालिका-४ का विजयी वडाध्यक्षको आफन्त भएकाले बधाई दिन जाने क्रममा उक्त मोटरसाइकल उत्तरगया-५ स्थित खाल्टेबगरमा दुर्घटना भएको हो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You might also like
Comments
Loading...