मुख्य समाचार

मन्त्री घिसिङद्वारा सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको अनुगमन

सिरहा। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको काम तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

करिब १४ वर्षअघि ठेक्का सम्झौता भए पनि पुल निर्माण नसकिँदा यहाँका नागरिकले सास्ती खेप्नुपरेको गुनासो आएपछि मन्त्री घिसिङले आज स्थलगत अनुगमन गर्नुभएको हो।

मन्त्री घिसिङले भन्नुभयो, “मैले कमला पुलबारे धेरैपटक सुनिरहेको हो, पुल यस क्षेत्र र समग्रमा मधेशको लाइफलाइन हो, कमला पुलको निर्माण विना यो क्षेत्रको समग्र विकास हुन सक्दैन।”

मन्त्री घिसिङसँगै युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशी, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरका प्रमुख कृष्णकुमार महतो, जेन्जी अगुवाहरू सुदन गुरुङ, शिव यादव, पुरषोत्तम यादवलगायत सम्मिलित टोलीले कमला पुलको संयुक्त अनुगमन गर्नुभएको हो।

अनुगमनकै क्रममा मन्त्री घिसिङ डुङ्गा चढेर धनुषाबाट सिरहा पुग्नुभयो।

 

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...