प्रमुख खवर

दार्चुलामा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको  माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका-६ ग्यानीमा सोमबार  बिहान साढे ९ बजे माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस रोल खोलामा खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

चालकसमेत रहेका शैल्यशिखर नगरपालिका ६ का प्रकाश धामी र सोही ठाउँका सहचालक समेत रहेका नवीन सिंह धामीको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका उनका अनुसार अर्का एक जना मृतकको परिचय खुल्न सकेको छैन ।

हाइस गोकुलेश्वरबाट नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरूलाई ल्याउन ग्यानी गएको थियो ।

सम्बन्धित समाचार

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...

कस्तो छ मौसम?

कस्तो छ मौसम?

काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी,...

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...