एमालेले आज काठमाडौंमा जनसभा गर्दै
काठमाडौं। नेकपा एमालेले प्रतिगामी षडयन्त्रका विरुद्ध सुरु गरेको जनपरिचलान कार्यक्रम अन्तरगत आज काठमाडौंमा जनसभाको आयोजना गरेको छ । भदौ २३ र २४ गतेको विध्वंसपछि असंवैधानिक रुपमा प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभाको विघटन गरिएको विरोधमा एमालेले कात्तिक २२ गते देखि वडा तहबाट जनपरिचालन कार्यक्रम गरिरहेको छ । एमालेले प्रतिनिधिसभाको पुनस्र्थापनालाई मुख्य माग राखेर आजको जनसभा आयोजना गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
गौतमका पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको जनसभा भृकुटी मण्डपमा हुनेछ । एमालेका नेता,कार्यकर्ता,जनसंगठन,सम्पर्क समन्वय कमिटीका तर्फबाट निकालिने र्याली प्रदर्शनी मार्गमा जम्मा हुनेछ । प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटी मण्डपमा आमसभामा परिणत हुने गौतमले बताउनुभयो । जनसभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।
गत असोज ३१ गते सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले गरेको जनपरिचालनको निर्णय अनुसार कात्तिक २२ गते देशैभरीका वडाहरुमा एमालेले वडा भेला गरेको थियो । २५ गते सबै पालिकाहरुमा पालिकास्तरीय र्याली सम्पन्न गरेको छ ।
कात्तिक २९ गते सबै जिल्लाहरुमा जिल्ला स्तरीय जनसभा आयोजना गरिसकेको छ । ‘आजको कार्यक्रमपछि पहिलो चरणको जनपरिचालन समापन हुन्छ’ गौतमले भन्नुभयो ‘यसपछि मंसिर २७ गते ११ औं महाधिवेशन उद्घाटनका क्रममा फेरी काठमाडौंमा विशाल जनसभा गर्नेछौं ।’
यस बीचमा जिल्ला तथा स्थानीय कमिटीहरुले निर्णय गरेर आफ्नातर्फबाट प्रतिगामी षडयन्त्रका विरुद्ध आन्दोलनका कार्यक्रम गर्न सक्ने एमालेले जनाएको छ ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...




