मुख्य समाचार

जेनजीको नाममा अहिले ठुलो घुसपैठ भइरहेको छ : महेश बस्नेत

काठमाडौं। नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजीको नाममा अहिले ठुलो घुसपैठ भइरहेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत केही उदाहरण प्रस्तुत गर्दै बस्नेतले यसबाट सचेत हुन सबैलाई आह्वान गर्नुभएको छ । अहिले जेनजीको नाममा जसले जे गरे पनि हुने जस्तो भएको भन्दै बस्नेतले यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राख्नु भएको छ ।

उहाँले आजै विराटनगरमा आफू चढेको गाडीमा र‌ंग छ्याप्नेदेखि एमाले नेता किसान श्रेष्ठको घरमा धम्क्याउन पुग्नेसम्म सबै जेनजीको नामा घुसपैठ भएको उल्लेख गर्नुभएको छ । ‘विराटनगरमा ममाथि आक्रमण गर्ने नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ क्याम्पसका इकाई सभापति सन्जोग गौतम र सदस्य अर्पित कुँवर हुन् भनेर कांग्रेसकै साथीहरूले बताए, त्यस्तै आरअर , कलेजमा कालो ज्याकेट देखाउने काभ्रेका नेकपा एसका बेथानचोक वडाका अध्यक्ष रहेछन्, बारा सिमरामा सरकारी कार्यालयदेखि निजी घरमा आगजनी गर्ने सम्राट उपाध्याय, पूर्वमन्त्री किसान श्रेष्ठको घरमा धक्का–मुक्का र लुटपाट गर्न पुगेका सुदन गुरुङसहितको टोली माओवादी र टिबटियन ओर्जिनल ब्लडका व्यक्तिहरू हुन्’, बस्नेतले लेख्नु भएको छ ।

यी व्यक्तिहरू कुन जेनेरेशन–जेडमा पर्छन् ? भन्दै बस्नेतले प्रश्न गर्नु भएको छ । ‘जेनेरेशन–जेडको नाममा व्यापक घुसपैठ भएको तथ्य स्पष्ट छ, सिङ्गो देश राजनैतिक दल र नागरिक सचेत हुन आवश्यक छ’, उहाँले लेख्नु भएको छ ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...