कोटेश्वरमा बसको ढोकाबाट खसेका सहचालकलाई चक्काले किच्दा मृत्यु
काठमाडौं । कोटेश्वरमा बसको ढोकाबाट खसेका सहचालकलाई चक्काले किच्दा मृत्यु भएको छ ।
जडीबुटीबाट बानेश्वरतर्फ जाँदै गरेको बा ३ ख ७३८७ नम्बरको भाडा बसका सहचालक सुरेन्द्र गाले बसबाट खसेका थिए ।
सोही बसको टायरले कुल्चँदा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको उनको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
अहिले उक्त बसलाई प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ । बसका चालक भक्तपुर नगरपालिका–१० का ४२ वर्षीय महेन्द्र मकाजु प्रहरी नियन्त्रणमा छन् । मृत्यु भएका गाले पनि भक्तपुर नगरपालिका–१० कै स्थानीय हुन् ।
दुर्घटना
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल
काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...
मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै
काठमाडौँ। जनकपुरसहित मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदैछ । त्रेतायुगमा भगवान राम र माता सीताको क्रिडास्थल मानिने पवित्र मिथिला...
निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔं’
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आम...
निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान
काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...




