मुख्य समाचार

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्याउलेमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसारशुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको आक्रमणमा परी भीमदत्त नगरपलिका–१४ की ४५ वर्षीया धाना विष्टको आज विहान मृत्यु भएको हो ।

हात्ती बस्तीमा पसेर विष्टको घर भत्काउने क्रममा ज्यान जोगाउन भाग्दै गर्दा उनलाई हात्तीले गम्भीर घाइते बनाएको थियो। विष्टको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

जङ्गली हात्ती गाउँ पसेर स्थानीयको घर भत्काउन लागेको खबरपछि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनी र झोलुङ्गे पुल प्रहरी पोष्टबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्यमा जुटेको छ। शव परीक्षणका लागि अस्पतालमै राखिएको छ।

सम्बन्धित समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार...

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत। पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको सङ्क्रमण बढेको छ । सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा...

राजविराजमा पोखरीका डुबेर एक युवकको मृत्यु

राजविराजमा पोखरीका डुबेर एक युवकको मृत्यु

सप्तरी। सप्तरीको राजविराजमा पोखरीका डुबेर एक युवकको मृत्यु भएको छ। स्थानीय कल्टु दास पोखरीमा डुबेर राजविराज नगरपालिका–४ का २५...

प्रत्यक्षमा निर्वाचित सांसद :  खगेन्द्र सुनार एक्ला उम्मेदवार विजयी

प्रत्यक्षमा निर्वाचित सांसद : खगेन्द्र सुनार एक्ला उम्मेदवार विजयी

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ दलित समुदायको एक व्यक्ति मात्रै निर्वाचित हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट...