मुख्य समाचार

एमालेको सचिवालयसहित १३ उपसमितिका पदाधिकारीसहितको बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशन सचिवालय पहिलो बैठक १३ वटा विभिन्न उपसमितिका संयोजकसहित बुधवार बिहान बस्ने भएको छ । बैठक बिहान ८ बजेदेखि पार्टी कार्यालय, च्यासलमा बस्ने भएको हो ।

महाधिवेशन तयारीका निम्ति शुक्रवार सम्पन्न पार्टीको सचिवालय बैठकले महासचिव शंकर पोखरेलको संयोजकत्वमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव योगेश भट्टराई रहेको महाधिवेशन सचिवालय व्यवस्थापन कमिटी बनाएको थियो ।

महासचिव शंकर पोखरेलका अनुसार महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण प्राविधिक तयारीका निम्ति बुधवार प्रारम्भिक चरणको बैठक बस्न लागेको छ ।

बैठकमा ३ सदस्यीय सचिवालयसहित समितिका संयोजकहरू पनि सहभागी हुनुहने छ। त्यसमध्ये प्रतिनिधि व्यवस्थापन समितिका काशीनाथ अधिकारी, जनपरिचालनका प्रदीप ज्ञवाली, आवास व्यवस्थापनका छविलाल विश्वकर्मा, खाद्य व्यवस्थापनका लेखराज भट्ट, यातायात व्यवस्थापनका गोकर्ण विष्ट, अतिथि सत्कारका रघुवीर महासेठ, स्वयंसेवक परिचालनका भानुभक्त ढकाल, प्रचारकी पद्मा अर्याल, मञ्च व्यवस्थापनका विनोद श्रेष्ठ, स्वास्थ्यका कृष्णगोपाल श्रेष्ठ र आर्थिकका विष्णु रिमाल हुनुहुन्छ ।

 

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...