गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
चितवन। आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो ।
तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । उहाँका अनुसार सुरुमा चितवन र पर्सालाई एउटा कम्प्लेक्स बनाएर यहाँबाट गणना थालिने छ । यो कम्प्लेक्समा तीन वटा ब्लक रहने छन् ।
ती ब्लकभित्र दुई वर्गकिलोमिटर क्षेत्रमा एक जोडी क्यामेरा जडान गरीने छ । यसलाई ग्रीड भनिन्छ । यसमा क्यामेरा १५ रात राखेपछि अर्को ग्रीडमा सारिने छ । दोस्रो कम्प्लेक्स बाँके र बर्दीया राष्ट्रिय निकुञ्जलाई बनाईएको छ । त्यहाँ भित्र पनि तीन वटा ब्लक हुने छन् । तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी हुनेछ । यो एउटै ब्लक बनाइने उहाँले जानकारी दिनुभयो ।
निकुञ्ज विभागले सरकारी निकाय र दातृ निकायहरुसँग भएका एक हजार १०० क्यामेरा गणनामा प्रयोग गर्न लागेको आचार्यले जानकारी दिनुभयो । क्यामेरा पुरानै प्रयोग गरिने भएकाले गणनामा रु दुई करोड ५० लाख हाराहारी खर्च हुने अनुमान छ । सरकारी र दातृ निकायहरुको सहयोगमा गणना गर्न लागिएको हो ।
यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेराहरु राखिने छ। ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ । बाघहरुको फोटो हेरेर तिनीहरुको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उहाँले जानकारी दिनुभयो । हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन्।
बाघ गणना सम्पन्न भए पछि गैँडा गणना गर्ने तयारी छ । गत वर्ष गैँडा गणना गर्ने कार्यक्रम बजेट अभावका कारण रोकिएको थियो । हरेक चार÷चार वर्षमा गैँडा गणना गरिँदै आएको थियो । गत वर्ष गर्न नसकीएको गैंडा गणना यस वर्ष फरक विधिबाट गर्ने तयारी निकुञ्ज विभागको रहेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा
काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...
निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...
यात्रा प्रतिवन्धका कारण अबुधाबीमा रोकिएका पर्यटकहरूको सम्पूर्ण होटल खर्च सरकारले व्यहोर्ने
काठमाडौँ। यात्रा प्रतिवन्धका कारण अबुधाबीमा अलपत्र परेका पर्यटक तथा आगन्तुकहरूको लागि अबुधाबीको संस्कृति तथा पर्यटन विभागले रोकिएर बस्ने सबैको...
सुनको भाउ बढ्यो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...




