मुख्य समाचार

राजधानी बाहिर शक्ति देखाउँदै नेकपा, आज धनगढीमा आमसभा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीले शुक्रबार धनगढीमा एकता सन्देश सभा गर्दैछ। नेकपा गठनपछि पहिलोपटक प्रदेशस्तरीय सन्देश सभा लिएर पार्टी काठमाडौँ बाहिर देखिन लागेको हो।

बिहान साढे ११ बजे धनगढी चौराह र क्याम्पस चोकबाट जुलुसहित धनगढी रंगशालामा दिउँसो साढे १२ बजे आमसभामा परिणत हुने नेता डा. भीम रावलले जानकारी दिए। सभालाई नेकपाका संयोजक पुुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोज माधवकुमार नेपाल र नेता रावलले सम्बोधन गर्नेछन्। वामदेव गौतम झलनाथ खनाल लगायत नेताहरुको पनि सहभागिता रहनेछ।

सहसंयोजक नेपालले त्यहाँ २० हजार बढी कार्यकर्ता उतार्ने दाबी गरेका छन्। यद्यपि नेकपा विभाजनपछि नेपाल र भीम रावलका समर्थक समेत नेकपामै आउने अपेक्षा गरिए पनि एकीकृत समाजवादीको सिंगो जिल्ला कमिटीले नै नेकपामा नजाने निर्णय गरिसकेको छ।

पार्टीले लुम्बिनीको देउखुरीमा मङ्सिर १३ गते, गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते सभा गर्नेछ। साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेशको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभाको तयारी गरेको छ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...