एक लाखभन्दा बढीले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षा
काठमाडौं : देशभरका एक लाख भन्दा बढी परीक्षार्थीहरूले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा सहभागी हुने भएका छन्। शिक्षक सेवा आयोगले सार्वजनिक गरेको परीक्षा केन्द्र,रोल्न अनुसार १ लाख एक हजार ७ सय ८३ जना परीक्षामा सहभागी हुने छन्।
उक्त परीक्षा मंसिर २० गते सञ्चालन हुँदै छ। आयोगका अनुसार कोशी प्रदेशबाट १७ हजार २ सय ३८,मधेश प्रदेशबाट १५ हजार ७ सय १६,बागमती प्रदेशबाट १३ हजार एक सय ५६,गण्डकी प्रदेशबाट ६ हजार ८ सय ८६ जना परीक्षामा सहभागी हुने भएका छन्।
यस्तै,लुम्बिनी प्रदेशबाट २० हजार पाँच सय २५ जना,कर्णाली प्रदेशबाट १९ हजार १२ जना र सुदूरपश्चिम प्रदेशबाट ९ हजार २ सय ५० जना सहभागी हुने भएका छन्।
आयोगले यस पटक पनि काठमाडौं उपत्यका(काठमाडौं,भक्तपुर र ललितपुर)मा परीक्षा केन्द्र तोकेको छैन।
जसकारण बागमती प्रदेशको हकमा परीक्षा दिनलाई परीक्षार्थीहरू हेटौडा र चितवन नै जानुपर्ने बाध्य बनाइएकाे छ। कात्तिक २२ गते भएको माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षाको बेला पनि काठमाडौं उपत्यकामा परीक्षा केन्द्र तोकिएको थिएन। त्यसो त परीक्षा केन्द्र टाढा पारिएको परीक्षार्थीहरूको गुनासो छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




