रुख काट्ने क्रममा एक जनाको मृत्यु
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ६, स्थित नामजाङमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ करिब ५ बजे रुख काट्दा रुखले लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्ला खोटाङ जान्सेढुंगा गाउँपालिका–२, स्थित बोपुङ घर भएका अन्दाजी करिब ३२ वर्षीय दिपेश राई रहेका छन् ।
स्थानीय सुवास चन्द्र गुरुङको बारीमा भोजपुर घर भएका सुरेश लाईले रुख काट्ने क्रममा रुखले लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो।
प्रहरी चौकी सिधुवाका प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर श्रेष्ठको कमाण्डमा प्रहरी टोली खटी उक्त रुख काट्ने व्यक्तिलाई प्रहरी चौकी सिधुवामा राखी थप अनुसन्धान र भइरहेको प्रहरीले जानकारी दिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




