प्रमुख खवर

समृद्ध नेपाल निर्माणको लागि सबै क्षेत्रमा एकताको खाँचो छः अध्यक्ष श्रेष्ठ

काठमाडौं। गैरआवासीय नेपाली संघको एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले समृद्ध नेपाल निर्माणको लागि सबै क्षेत्रमा सहमति, सहकार्य र एकताको खाँचो रहेको बताउनुभएको छ ।
आइतबार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उहाँले सहमति, सहकार्य र एकताको खाँचो औँल्याएर नै संघको एकता गरिएको बताउनुभएको हो । उहाँले विभाजनको कारण संघ विगत चार वर्ष अत्यन्तै कठिन परिस्थितिमा पुगेको बताउनु भयो । अफ्ठ्यारो परिस्थितिलाई एकता गरेर आफूहरुले देशमा नयाँ सन्देश दिन खोजेको उहाँको भनाई छ ।

उहाँले संघमा मात्रै नभएर समृद्ध नेपाल निर्माणका लागी नेपालका राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्था सबैतिर सहमति, सहकार्य र एकताको खाँचो रहेको उल्लेख गर्नुभयो । त्यो एकताको नेतृत्व संघले गरेको उहाँको भनाई छ । एकीकृत संघ अब समृद्ध नेपाल निर्माणको लागी लाग्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एकता हामीले शुरु गरेका छौँ । यो अभियानको शुरुवात हो । आजको एकताले विगत करिव ४ वर्ष अगाडीदेखि हामी अत्यन्तै कठिन परिस्थितिमा थियौँ । गैरआवासीय नेपाली संघमा असाध्यै अफ्ठ्यारो परिस्थिति थियो । यो अफ्ठ्यारो परिस्थितिलाई हामीले एउटा सन्देश दिन चाहन्छौँ, एकता गरेर । हामी गैरआवासीय नेपाली संघले एकता गरेर नेपालमा के सन्देश दिन चाहन्छौँ भने अहिले हामीलाई सहमति, सहकार्य र एकताको खाँचो छ । समृद्ध नेपाल निर्माणको लागि, यो केवल गैरआवासीय नेपालीको लागि मात्रै होइन । हाम्रो यो एकताले नेपालका राजनीतिक दलहरु, नागरिक समाज, हरेक निकायमा अहिले नेपालमा सहमति, सहकार्य र एकताको खाँचो छ, त्यो एकताको सन्देश हामीबाट शुरुवात भएको छ र अब समृद्ध नेपाल निर्माणमा हामी सबै लागौँ, गैरआवासीय नेपालीहरुले पनि समृद्ध नेपालमा हामीले आफ्नो योगदान अवस्य गर्नेछौँ ।’

विदेशमा रहेका ज्ञान, सिप र पुँजी नेपाल भित्र्याउने अभियान यो एकताबाट शुरु भएको उहाँले बताउनु भयो । उहाँले विभाजनले संघका मुद्दा कमजोर बन्नुका साथै नेपालमा लगानी भित्र्याउन पनि समस्या भएको बताउनु भयो ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...