उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै
काठमाडौँ स् कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा बुधबार हुँदैछ। काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा घिसिङ समेतको उपस्थितिमा दिउँसो १ बजे घोषणा सभा राखिएको छ।
पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, आज औपचारिक रूपमा सार्वजनिक गर्ने नेता डा। तारा जोशीले जानकारी दिनुभयो। पार्टीको मूल नारा ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ राखिएको छ। नाराले देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणलाई एउटै साझा राष्ट्रिय लक्ष्यका रूपमा प्रतिविम्बित गर्ने पार्टीको दाबी छ।
जेनजी आन्दोलनपछि विकासित देशको पछिल्लो राजनीतिक परिस्थितमा उज्यालो नेपाल पार्टि गठन गरी निर्वाचन आयोगमा दर्ता भइसकेको छ। अनुपराज उपाध्यायको संयोजकत्वमा रहेको ५१ सदस्यीय समितिको नाममा पार्टी दर्ता भएको छ। यो पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, रेशम चौधरीको संरक्षकत्वमा रहेको नागरिक उन्मुक्ति लगायतसँग सहकार्य गर्दै वैकल्पिक शक्तिको रूपमा विकास गर्ने बताएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




