प्रमुख खवर

विराटनगरमाथि लुम्बिनीको सानदार जित

काठमाडौं । अष्ट्रेलियन डार्शी सर्टले पहिलो अर्धशतक प्रहार गरेपछि लुम्बिनी लायन्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार विराटनगर किंग्सलाई पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ ।

विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

लुम्बिनीले ६ खेलमा तेस्रो जित निकालेको हो । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनी चौथो स्थानमा उक्लेको छ । लुम्बिनीले अब लिगको अन्तिम खेल जनकपुर बोल्ट्ससँग शुक्रबार खेल्नेछ । उक्त खेल जित्दै अन्य खेलको नितजा आफू अनुकुल आएमा लुम्बिनी प्लेअफ पुग्नेछ ।

अर्कोतर्फ विराटनगरले भने ६ खेलमा दोस्रो हार व्यहोरेको छ । ६ खेलबाट ८ अंक रहेको विराटनगर तेस्रो स्थानमा छ । तर, विराटनगरले लिगमा आफ्नो अन्तिम खेल आउने शनिवार प्लेअफ पुगिसकेको सुदूरपश्चिम रोयल्सँग खेल्नेछ । त्यसअघि हुने अन्य खेलको नतिजापछि विराटनगरलाई प्लेअफ पुग्न कस्तो नतिजा चाहिन्छ थाहा हुनेछ ।

लुम्बिनीको जितमा डार्सी सर्टले सर्वाधिक ५७ रन बनाए । उनले ४४ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे ।

 

यस्तै विकेटकिपर निरोशन डिकवेलाले अविजित २९ रन योगदान गरे । सन्दीप जोराले २४ र दिलीप नाथले १६ रन जोडे । सुमित महर्जनले १० रन जोडे ।

सर्टले पहिलो विकेटका लागि सुमित महर्जनसँग २९ रनको साझेदारी गरे । त्यसपछि आएका कप्तान रोहित पौडेल खाता नखोली आउट भए । त्यसपछि सर्टले सन्दीप जोरासँग तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे ।

सर्टले १४औं ओभरमा आउट हुनुअघि निरोशन डिकवेलासँग ४६ रनको साझेदारी गरे । सर्ट आउट भएपछि डिकवेलाले लुम्बिनीलाई जितसम्म पुर्‍याएका हुन् ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओरभमा २० रन खर्चेर २ विकेट लिए । सुभाष भण्डारीले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो ।

विराटनगरका लागि वान डाउनमा ब्याटिङ गरेबका लोकेश बमले ४२ बल खेल्दै ३५ रन जोडे । यस्तै बसिर अहमदले १९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २८ रन योगदान गरे ।

साम हिजलेटले २० बलमा २७ रन बनाए । यसै खेलबाट एनपीएलमा डेब्यु गर्दै ओपनिङ गरेका दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसी ९ बलमा १२ रन बनाएर आउट भए । प्रतिश जिसीले ११ रन जोडे ।

बलिङमा लुम्बिनी लायन्सका शेर मल्लले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । जेजे स्मिथ, अभिशेष गौतम र रुबेन ट्रम्पलम्यानले १-१ विकेट लिए ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...