प्रमुख खवर

अझै भेटिएनन् कोशीमा हाम फालेका कार्की

काठमाडौँ। गत बुधबार सुनकोसी नदीमा हाम फालेका उदयपुरको कटारी(३ च्याँगाका ६२ वर्षीय लुप्त (मिश्र) बहादुर कार्की अझै भेटिएका छैनन्। कार्की कटारी १४ घुर्मी र ओखलढुंगाको हर्कपुर जोड्ने सुनकोसी पुलबाट बुधबार दिउँसो हाम फालेका हुन्।

इलाका प्रहरी कार्यालय ९कटारी० का प्रहरी निरीक्षक लङ्कबहादुर श्रेष्ठका अनुसार घटनास्थलमा कार्कीका टोपी र जुत्ता फेला परेका छन्। ‘शनिबार ९आज० गोताखोर टोली आएर खोजी गर्ने तयारी छ’, निरीक्षक कार्कीले भन्नुभयो, ‘तीन दिनदेखि घटनाको अनुसन्धान र खोजी जारी राखे फेला पर्न सकेको छैन।’

घटनापश्चात् प्रहरी, आफन्त र स्थानीयले डोरीको माध्यमबाट कोसीमा खोजी जारी राखे फेला परेको छैन। स्थानीयका अनुसार बुधबार दिउँसो कार्कीले पुलको मध्यभागबाट कोसीमा हाम फालेका थिए। रासस

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...