एनपीएलमा आज लिग चरणको अन्तिम खेल, बाहिरिएका कर्णाली र जनकपुर भिड्दै
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणमा आज अपराह्न ३स्३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन्।
छ खेलबाट समान दुई अंक जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन्। कर्णालीका कप्तान सोमपाल कामी हुन् भने जनकपुरका मार्की प्लेयर आशिफ शेख हुन्। लगातारको असफलतापछि जनकपुरले कप्तान भने अधिकांश खेलमा परिवर्तन गर्दै आएको छ।
प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन्।
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट संघ ९क्यान०ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मंसिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुँदै छ।
एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ। प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




