मुख्य समाचार

गोरखाको रिपुम गुम्बामा आगलागी

गोरखा। गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ। आज (आइतबार) दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिनुभयो।

आगलागीबाट भवनका करिब ५० वटा कोठा, त्यहाँ रहेका लत्ताकपडा, भाँडाकुँडा, फर्निचर सबै जलेर नष्ट भएको उहाँले बताउनुभयो। त्यहाँ लामासहित ६० जना भिक्षुहरु बस्ने गरेको र आगलागीको कारण भने खुल्न सकेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।

घटनास्थलमा प्रहरीचौकी सामागाउँ र लार्के प्रहरी चौकी नाम्रुङको टोली खटेको र क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको उहाँले बताउनुभयो। यहाँको रिपुम गुम्बा एक हजार वर्षभन्दा पुरानो रहेको मानिन्छ। आगलागी भएको लामाको आवास भवन भने ४० वर्ष पुरानो हो।

सम्बन्धित समाचार

सिरियाद्वारा हवाई क्षेत्र बन्दको अवधि थप, दमास्कस नजिकै मिसाइलको टुक्रा खस्दा चार जना घाइते

सिरियाद्वारा हवाई क्षेत्र बन्दको अवधि थप, दमास्कस नजिकै मिसाइलको टुक्रा खस्दा चार जना घाइते

इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेका बेला सिरियाले सोमवार मध्यरातदेखि लागू हुनेगरी थप २४...

अमेरिकी सेन्ट्रल कमाण्डः इरान कारबाहीमा ६ जनाको मृत्यु

अमेरिकी सेन्ट्रल कमाण्डः इरान कारबाहीमा ६ जनाको मृत्यु

अमेरिकी सेन्ट्रल कमाण्डले सोमबार इरानविरुद्धको आक्रमणमा थप दुई अमेरिकी सैनिकको मृत्यु भएको घोषणा गरेको छ । जससँगै मृतकको कुल...

हिजबुल्लाहद्वारा इरानमाथिको आक्रमणको निन्दा

हिजबुल्लाहद्वारा इरानमाथिको आक्रमणको निन्दा

अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको असर फैलन सक्ने डरका बीच लेबनानका राष्ट्रपति जोसेफ आउनले युद्ध वा शान्तिको निर्णय...

इरानले बन्द गर्‍यो होर्मुज समुद्री जलमार्ग

इरानले बन्द गर्‍यो होर्मुज समुद्री जलमार्ग

काठमाडौं। इरानले होर्मुज समुद्री जलमार्ग बन्द गरेको छ। इरानले त्यहाँबाट पार गर्न खोज्ने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी...