संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू हुँदै

काठमाडाै / संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ। ढिला गरि अधिवेशन आह्वान भएकाले यस पटक बजेटका प्राथमिकता र सिद्धान्तको छलफल नियम निलम्बन गरेर अघि बढाउने तयारी गरिएको छ ।

चुनावका कारण यस पटक बजेट अधिवेशन केही ढिला गरी सुरू हुन लागेको हो ।आज अपरान्ह ४ बजेबाट संसद्का दुवै सदनको बैठक सुरु हुनेछ।अधिवेशन प्रारम्भसँगै सरकारका तर्फबाट बजेटको सिद्धान्त र प्राथमिकता पहिलो बैठकमै पेस गर्ने तयारी छ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले अधिवेशनको तयारी पूरा भइसकेको बताए । उनकाअनुसार सदनको सिट व्यवस्थापन यसअघिकै जस्तो कोभिडको प्रोटोकल अनुसार नै हुनेछ ।
अधिवेशनको पहिलो बैठकमा अध्यादेश पेस हुनेछ। अधिवेशन सिफारिसकै दिन सरकारले दुई अध्यादेश जारी गरेको थियो । औषधि ९तेस्रो संशोधन० अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ९पहिलो संशोधन अध्यादेश जारी भएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २५ गते अध्यादेश जारी गरेकी थिइन् । यस्तै मङ्गलबारको बैठकमा अध्यक्ष मण्डलको घोषणा पनि हुनेछ ।

 

 

You might also like
Comments
Loading...