पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यको अग्रता कायम

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायम नै रहेको छ ।
आचार्यले २० हजार ६६० मत गणना हुँदा आठ हजार ५६३ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्णबहादुर थापाले सात हजार २७८ मत प्राप्त गरेका छन् ।
आज विहान सार्वजनिक गरिएको नतिजा अनुसार मेयरका उम्मेदवार राप्रपाका शंकर प्रसाद खरालले एक हजार २७ र लौरो चिन्हका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ५२६ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा नेपाली काँग्रेसकी कोपिला रानाभाटले आठ हजार ८७६ मत ल्याएकी छन् भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले आठ हजार २७१ मत प्राप्त गरेकी छन् ।
हालसम्म वडाहरु १,२,३,४,१२,२३ को पुर्ण नतिजा सार्वजानिक भईसकेको छ । वडा नं १ बाहेक अन्य वडामा काँग्रेसका उम्मेदवारले बिजय हाँसिल गरेका छन भने वडा २४,२५,२६ ,५ र १३ को मतगणना जारी छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




