केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य
काठमाडौँ। नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी ओलीले महिलाहरुलाई सधैँ अपमान गरेको आरोप लगाउनुभएको छ ।
एमालेको ११ औं महाधिवेशन सन्दर्भमा मंगलवार आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो । एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई धामीझाँक्री भनेर अपमान गरेको बताउनु भयो ।
गणतन्त्र नेपालको प्रधानमन्त्री भईसकेको व्यक्तिले पूर्वराष्ट्रपतिलाई पटकपटक अपमानित शब्दहरु प्रयोग गर्ने गरेको उहाँको आरोप छ । उहाँले कुनैपनि नेतृत्वलाई महिलाहरुको अपमान गर्न नसुहाउने भएपनि केपी ओलीलाई भने सुहाउने भन्दै व्यङ्ग्य पनि गर्नुभयो । ओलीमा महिलालाई हेर्ने सकरात्मक सोच र दृष्टिकोण नै नभएको उहाँको दाबी छ । उहाँले महिलाको अपमान गर्नेको विरुद्ध सशक्त आवाज उठाउनुपर्ने बताउनु भयो ।
महिलालाई अपमान गर्ने, अवमूल्यन गर्ने नेतृत्व आजको आवश्यक्ता नभएको उहाँको भनाई छ । अध्यक्ष ओलीले सञ्चार माध्यममा पूर्वराष्ट्रपति भण्डारी चालेका कदमहरुमा व्यंग्य भावसहित आफूसँग सल्लाह नै नगरिकन परैदेखि धामीले जस्तो घुमरौं लाएर झल्र्याङ्–झल्र्याङ् गरेर मुजुरका प्वाँख–स्वाँख लाएर ढ्याङढ्याङ पार्दै ‘म राष्ट्रपतिबाट आएँ, ठाउँ छोड्, ठाउँ छोड्, म अध्यक्ष हुन्छु, ठाउँ छोड्’ भन्दै आउन मिल्छ रु भन्दै प्रश्न उठाउनुभएको थियो । सोही कुरालाई उपाध्यक्ष शाक्यले आपत्ति जनाउनुभएको हो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । शुक्रबार...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...




