मुख्य समाचार

जेनजी आन्दोलनमा खरानी भएको एमाले जनता फर्कियो : शेरधन राई

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राईले जेनजी आन्दोलनपछि पार्टी जनताबिच फर्किसकेको बताउनुभएको छ।

उनले अब एमाले देशको निर्णायक राष्ट्रिय शक्ति बन्ने दाबी गरेका छन् । ११ औँ महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले पार्टीले कठिन परिस्थितिबाट पुनः उठेर सङ्गठनलाई मजबुत बनाएको बताउनुभयो।

एमालेले एक वर्षअघि अर्ली महाधिवेशन गरेर देशमा बढ्दै गएको अस्थिरता र नयाँ चुनौतीको सामना गर्न लागेको पनि उहाँले बताउनुभयो । ‘हामीले मिसन ०८४ का लक्ष्य यही सोचेर तय गरेका थियौँ। महाधिवेशनपछि एमाले अझ बलियो रूपमा अगाडि आउँछ,’ उहाँले भन्नुभयो।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देश गम्भीर सङ्कटमा प्रवेश गरेको र राज्यका अङ्गमा अराजकता फैलिएको उहाँको मूल्याङ्कन छ ।‘जेनजीका नाममा अराजक समूहले लोकतन्त्रमाथि प्रहार गर्‍यो। आन्दोलनको मूल एजेन्डा भ्रष्टाचार नियन्त्रण थियो, सत्ता पलट होइन,’ राईले भन्नुभयो।

सम्बन्धित समाचार

बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु

बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । शुक्रबार...

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...