झापामा ९ वर्षीया बालिका बलात्कृत

झापा / झापामा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् ।बालिकालाई उनकै घरमा ललाई फकाई बिपुलले वैशाख २५ गते बिहान बलात्कार गरेको प्रहरीले जनाएको छ ।

ती बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका-१० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजवंशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

You might also like
Comments
Loading...